विदेश

टाउकोको बीचमा ४ इन्च गहिरो खाडल, चिकित्सकको पनि केही शीप लागेन

टाउकोको बीचमा ४ इन्च गहिरो खाडल, चिकित्सकको पनि केही शीप लागेन

एजेन्सी । यी ६ वर्षे बालकको टाउकोम ४ इन्चको गहिरो देखा परेको छ । फोटो हेर्दा आश्चर्य लाग्ने कम्बोडियाका यी बालकको टाउकामा भएको गहिरो खाल्टो हप्तादिनमा बढ्दै गइरहेको स्रोतले बताएको छ ।

फियक्ट्रा पोभ नाम गरेका यी बालकको जन्मदाँ नै टाउकोमा गहिरो चोट देखा परेको थियो । पोभको अवस्था देखेर डाक्टरहरु नै हैरान भएर उनलाई घर फर्कादिएका थिए ।

समय बित्दै गएपछि पोभको टाउकोमा भएको गहिरो खाल्टो बढ्दै गयो । हप्तादिनमा बढ्दै झन् झन् गहिरो हुँदै गएपछि अहिले उक्त गहिराइले निधारदेखि टउकोसम्माको भागलाई छोपेको छ ।

उक्त खााडल के कारणले परेको थियो भन्ने कुरामा चिकित्सकहरु आफैँ अनविज्ञ छन् । धेरै लामो समयपछि परिक्षण भएको हुँदा उपचारको लागि ढिलो भइसकेको थियो । रोग निको हुने झिनो आशले पोभकी ६७ वर्षीया हजुरआमा उसलई हरेक हप्ता क्याम्बोडियास्थित एक मन्दिरमा लैजााने गर्छिन् ।

उक्त मन्दिरमा गएर पोभको उपचारखर्चका लागि हजुरआमा पैसाा माग्न बस्ने गर्छिन् । के कारणले टाउकोमा खाल्टो पर्यो भन्ने विषयमा डाक्टरहरु आफैँ अनविज्ञ भएका कारण त्यसको उपाय पनि उनीहरुले अहलिेसम्म पत्ता लगाउन सकेका छ्रैनन् । पोभ पाँच वर्षका हुनेबेलासम्म उनको टाउकोमा पानी जमेको जस्तो देखिएको थियो । पछि त्यो सुन्निदै गएपछि खाल्टो बन्न पुगेको डाक्टरहरु बताउँछन् ।

विशेष