प्रहरीको आइजिपी बनाउने कुरामा पनि देउवा दक्षिणकै आदेश मानिरहका छन् !
चैत – १ । संवेदनशील अवस्थामा नेपाल प्रहरी र एक महिनादेखि कमाण्डविहीन छ । चरम राजनीतिकरणका कारण सुरक्षा र कमाण्डको खासै अनुभव नभएका चिकित्सक एआइजी दिनेशचन्द पोख्रेलको हातमा संगठन पुगेको छ । आइजिपी बढुवासम्बन्धी विवाद अदालतमा पुग्दा प्रहररीमा कमाण्ड समस्या र अन्यौलता बदेखिएको हो । आगामी ३ चैतदेखि आइजिपी मुद्धाको अन्तिम फैसला सुरु हुने छ । त्यसकारण प्रहरीको ध्यान यतिबेला अदालतमा केन्द्रीत छ ।
आइजिपी बढुवामा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको समेत चासो बढेको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले चासो दिन थालेका छन् । उनकै दबाबमा शेरबहादुर देउवाले आइजिपी बनाउने निर्णयमा चलखेल गरेका हुन् । उनै डोभलले अहिलेसम्म पनि शक्ति केन्द्रहरुलाई दिल्लीबाटै दबाब दिइरहेको स्रोत बताउँछ । यो घटनाले राजनीति मात्र होइन सुरक्षा निकायमा समेत भारतको हस्तक्षेप कति धेरै बढेको छ भन्ने स्पष्ट पार्छ । –दृष्टि साप्ताहिकबाट