News

एमालेको अभियान अन्तर्गत दाङमा सभा

एमालेको अभियान अन्तर्गत दाङमा सभा

चैत्र १ । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत दाङको लमहीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले संबिधान कार्यन्वयन र निर्बाचनका माध्यमबाट देशलाई समृद्वि तर्फ लैजाने अभियानमा लागेको बताएका छन् ।

नेता खनालले अब अधिकारको आन्दोलन होईन देशलाई समृद्विमा लैजाने आर्थिक र बिकासक्रान्तिको अगुवाई अनि गरिबी र बेरोजगारीको अन्त्य एमालेबाट मात्र संभव भएको दाबी गरेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमालले सधै देशलाई समृद्विको बाटोमा लैजान चाहेको भन्दै एमाले भिजन २०२० को दस्ताबेज लिएर अघि बढेको बताए । एमालेकी बैकल्पीक केन्द्रिय सदस्य शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष युबराज ज्ञवाली तथा स्थायी कमीटी सदस्य शंकर पोख्रेल तथा मधेशी थारु नेता एमाले पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी लगायतका नेताले सम्बोधन गरेका थिए ।

nekapa uml UML aviyan

विशेष