News

रक्षामन्त्रीले जवानसँगै मेसमा खाना……

रक्षामन्त्रीले जवानसँगै मेसमा खाना……
चैत्र–१ । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको मंगलबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिए । रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराए । सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गरे । निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खाएका थिए । सो अवसरमा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन हुन रक्षामन्त्रीसँग अनुरोध गरेका थिए । निरीक्षण भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटा पनि सहभागी थिए । रासस

उपत्यका पृतना मुख्यालय निरीक्षण बालकृष्ण खाँण

विशेष