विदेश

बिरामीले नै आगो लगाएर मारे नर्सलाई

बिरामीले नै आगो लगाएर मारे नर्सलाई

चैत २ । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ ।

५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए ।

त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् ।

Israel Nurse Pashint burn Nurse

विशेष