विदेश

अमरिकामा भारी हिमपात, न्युयोर्कमा संकटकालको घोषणा

अमरिकामा भारी हिमपात, न्युयोर्कमा संकटकालको घोषणा

चैत्र २ । अमेरिकामा हिमआँधीको जोखिमपछि न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । मंगलबार न्युयोर्कमा २० इन्चसम्म हिमपात हुने र हिमआँधी आउने मौसमविद्हरुको चेतावनीपछि संकटकालको घोषणा गरिएको हो ।

सोमबार रातीपछि हिमपात सुरु भइसकेको छ । हिमपात न्युयोर्कका मेयर बिल डे ब्याजिओले संकटकालको घोषणा गरेका छन् भने न्युयोर्कसहरभर ७ सय वटा नुन छर्ने गाडीहरु र १६ सय वटा हिउँ खन्ने गाडीहरु परिचालन गरिने भएको छ । हिमपातपछिको अवस्थाको सामना गर्न २४ सय जना सिटी कामदारहरु खटाइएको छ ।

न्युयोर्क सहरभित्रका सबै विद्यालयहरु मंगलबारका लागि बन्द गरिएको छ । जमिनमाथि चल्ने रेलसेवापनि मंगलबार अबरुद्ध हुनेछ । सम्भावित हिमआँधीका कारण न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा संकटकाल घोषणा गरिएको छ ।

New yokr

विशेष