विदेश

ट्रम्पले बुझाएको करको बारेमा ह्वाइटहाउस रुष्ट

ट्रम्पले बुझाएको करको बारेमा ह्वाइटहाउस रुष्ट

चैत २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ ।

विवरण चुहाएको भन्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस भने रुष्ट बनेको छ । कर सम्बन्धी विवरण प्रकाशित गर्नु गैर कानुनी भएको भन्दै ह्वाइट हाउसले आलोचना गरेको छ ।

अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा तीन करोड ८० लाख डलरमात्रै कर बुझाएको खुलेको छ ।

कर विवरण सार्वजनिक गर्न दबाब पर्दै आए पनि राष्ट्रपति ट्रम्पले विवरण सार्वजनिक गरेका थिएनन् । तर एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको करको विवरण सार्वजनिक गरेको हो । दुई पेज लामो कर सम्बन्धी विवरण प्रकाशित गरे पनि यो पूर्ण भने नभएको बताइएको छ ।

राष्ट्रपति कार्यालयले घटनाको विरोध गर्दै सार्वजनिक भएकोभन्दा अरु शीर्षकमा पनि कर बुझाएको दाबी गरेको छ ।

Donald Trump

विशेष