प्रहरी महानिरीक्षकविरुद्धकाे सुनुवाइ ६ गते


चैत्र–३ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा विहीबार (आज) अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । नेपाल प्रहरीका महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । रासस प्रहरी महानिरीक्षक मुद्दा सर्वोच्च अदालत सुनुवाइ