News

गुडिरहेको बसबाट खसेर १३ वर्षीय किशोरको मृत्यु

गुडिरहेको बसबाट खसेर १३ वर्षीय किशोरको मृत्यु
चैत्र–३ । बसबाट खसेको एक किशोरको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ वर्षका रुपेश बराइलीको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएका थिए । मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्युरो अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । रासस

चाँगुनारायण झुन्डिएर यात्रा मृत्यु रुपेश बराइली

विशेष