News

एनसेल प्रकरण : लेखा समितिले माग्यो प्रधानमन्त्रीसँग जवाफ

एनसेल प्रकरण : लेखा समितिले माग्यो प्रधानमन्त्रीसँग जवाफ

चैत्र–३ । दूरसंचार प्रदायक एनसेलको लाभकर उन्मुक्ति विषयमा सरकारले गरेको निर्णयका विषयमा बुझ्न व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘सँग जवाफ मागेको छ । बिहीबार झण्डै साढे ३ घण्टा बसेको समितिको बैठकले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा लाग्ने पूँजीगत लाभकरका सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयका सम्बन्धमा प्रष्ट गर्न प्रधानमन्त्री प्रचण्डलाई समितिमा बोलाउने निर्णय गरेको हो । एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा विक्रेता कम्पनी टेलिया सोनेराबाटै पूँजीगत लाभकर उठाउने सम्बन्धमा अर्थ मन्त्रालयबाट कुनै पनि प्रस्ताव नगएको अर्थमन्त्री कृष्णबहादुर महराले प्रष्ट पारेका छन् । पूँजीगत लाभ तिराएरै छाड्ने उनले प्रश्ट पारे । करको तिराउने विषय सम्बन्धित कर अधिकारीकै रहेको उनले बताए । अर्थ मन्त्रालय र आफ्नो तर्फबाट कुनै पनि प्रस्ताव नगएको उनले प्रष्ट पारे । एनसेलले प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएको र त्यसमाथि प्रधानमन्त्रीले सोधेअनुरुप आफूले बताएको अर्थमन्त्री महराले बताए । अर्थमन्त्रीको जवाफमा चिक्त नबुझेको र प्रधानमन्त्रीबाटै आधिकारीक धारणा आउनुपर्ने भन्दै एनसेलको पुँजीगत लाभकरका सम्बन्धमा सरकारले गरेको निर्णयका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । समितिले टेलियाले नभएर एनसेलले नै कर तिर्नुपर्ने निर्णय समेत गरेको छ ।

एनसेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड लाभकर व्यवस्थापिका संसद

विशेष