विदेश
सिद्धू बने पञ्जावको मन्त्री
बिहिबार, ०३ चैत २०७३ गते प्रकाशित

चैत्र–३ । कुनै समय क्रिकेटबाट प्रतिष्ठित नवजोत सिंह सिद्धू राजनीतिज्ञमा होमिएसँगै पञ्जावको मन्त्री बनेका छन् ।
अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्रीमा चयन भएका छन् र सिद्धू उनको क्याविनेटमा परेका हुन् । तथापि उनलाई उपमुख्यमन्त्रीको जिम्मेवारी भने नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फेब्रुअरी ४ को विधानसभा चुनावको केही दिनअघि मात्र सिद्धू कांग्रेसमा प्रवेश गरेका थिए । उनले अमृतसर पूर्व विधानसभामा ४२ हजार मतका साथ जित हात पारे ।
सिद्धू्र यसअघि अमृतसरबाटै भारतीय जनता पार्टीका तर्फबाट सांसद सदस्य निर्वाचित भएका थिए ।
नवजोत सिंह सिद्धू
पञ्जाव
मन्त्री