फ्रान्समा ओबामाले एक महिना बिताउने

चैत्र–३ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा एक महिनाका लागि बुधबार फ्रान्स पुगेकाे स्थानीय टेलिभिजनले जनाएका छन् ।
स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गरेका छन् ।
उनी आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थिए । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।
यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताएका छन् । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने स्पष्ट हुनसकेको छैन । साथै उनको परिवारका सदस्यहरु पछि उनीसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।
फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । रासस–एएफपी
फ्रान्समा
बाराक ओबामा