सिरियामा हवाई हमला, ४२ जनाको मृत्यु

चैत ४ । सिरियामा गरिएको हवाई आक्रमणमा ४२ जना मारिएका छन् ।
उत्तरी सिरियास्थित विद्रोहीको कब्जामा रहेको मस्जिदमा गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण गरिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण नागरिक छन् । आक्रमण कसले गर्यो भन्ने अझै प्रष्ट भएको छैन ।
Siriya