धोनी बसेका पाँच तारे होटलमा आगलागी, घरेलु क्रिकेट म्याच रद्द
चैत्र–४ । भारतको राजधानी नयाँ दिल्लीस्थित पाँच तारे होटलमा आगलागी भएको छ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसमेत बसेका आइटीसी वेलकम होटलमा शुक्रबार बिहान अचानक आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
धोनीसहित झारखण्ड क्रिकेट टिमका खेलाडी उक्त होटलमा बसेका थिए । खेलाडीहरु खाजा खान व्यस्त रहेको समयमा अचानक आगलागी भएको बताइएको छ । होटलमा रहेका सबै ५ सय ४० अतिथिको सुरक्षित उद्धार गरिएको बताइएको छ ।
३० वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीको सो घटनापछि घरेलु क्रिकेट म्याच रद्द गरिएको छ ।
झारखण्ड क्रिकेट टिमले शुक्रबार बंगालविरुद्ध विजय हजारे ट्रफीको सेमिफाइनल म्याच खेल्ने कार्यतालिका थियो ।
आगलागी
क्रिकेट
पाँच तारे होटल
भारत
महेन्द्र सिंह धोनी