News समाज

होटेलबाट बालश्रमिक बालिकाको उद्धार

होटेलबाट बालश्रमिक बालिकाको उद्धार
चैत ४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा रहेको भूपूसैनिक होटेलबाट बिहीबार साँझ बालश्रमिकका रुपमा कार्यरत एक १३ वर्षीया बालिकाको उद्धार गरिएको छ । महिला अधिकारकर्मी, पत्रकार र प्रहरीको समन्वयमा माइती नेपाल संस्थाले होटेलमा श्रमिकका रुपमा कार्यरत बैतडी घर भएकी बालिकाको उद्धार गरेको हो । होटेल मालिकले धेरै लामो समयदेखि बाल श्रमिकका रुपमा बालिकालाई काममा लगाउँदै आएका थिए । “उद्धार गरिएकी बालिकालाई आवधिक गृहमा राखेका छौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन् । बालीकामाथि उत्पीडनको कार्य भए÷नभएको बारे अनुसन्धानको कार्य गरिने उनले बताइन् । यसैबीच, कञ्चनपुरको कृष्णपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको चुनचुनेका नवराज बिष्टको घरगोठमा आगलागी हँुदा आठवटा बाख्रा जलेर मरेका छन् । बिहीबार राति एक्कासि घरमा आगलागी हँुदा घरको भुइँतल्लामा बाँधिएका आठ बाख्रा पाठा र माथिल्लो तलामा रहेको घरभित्रको मालसामानसहित रु एक लाख ८० हजार नगद गरी रु तीनलाख ५० हजार बराबरको धनमाल जलेर नोक्सानी भएको छ । कालिका गेस्ट हाउस महेन्द्रनगरका सञ्चालक नमराज विष्टले बनाएको व्यावसायिक बाख्रापालन गोठमा राति सुतेको समयमा एक्कासि आगलागी हँुदा घरभित्र रहेका मालसामान पूरै जलेर नष्ट भएको उहाँका भाइ करन विष्टले बताए । आगो लागेको क्षेत्र कृष्णपुरको दोमिल्लाबाट करिब डेढ घन्टाको दूरीमा रहेको छ ।

child labour

विशेष