विदेश

भारतको आगरमा बम बिस्फोट, ताजमहलमा आइएसको आक्रमण गर्ने योजना

भारतको आगरमा बम बिस्फोट, ताजमहलमा आइएसको आक्रमण गर्ने योजना
चैत्र–५ । भारतको आगरामा शनिबार छुट्टा–छुट्टै ठाउँमा दुईपटक बम बिस्फोट भएको छ । बिस्फोटका कारण सर्वसाधारणमा त्रास फैलिएको छ । एक बिस्फोट आगराको रेलवे स्टेशन नजिक र अर्को प्लम्बरको घरमा भएको बताइएको छ । अहिलेसम्म कोही घाइते भएको सूचना भने नआएको र बिस्फोट हुने बितिकै घटनास्थलमा पुलिस फोर्स र डीआईजी उक्त स्थानमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनाको छानबिन चलिरहेको र बम प्लम्बरको घरमा बनाइएको आशंका गरिएको छ । बिस्फोट अघिमात्र आगरास्थित मुगलकालिन स्मारक ताजमहलमा आइएसले आक्रमण गर्ने योजना बनाएको समाचार आएको थियो । भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको थियो जसमा आइएसले ताजमहलमा हमलाको योजना बनाएको उल्लेख गरिएको थियो । उक्त समाचार आएसँगै ताजमहलमा सुरक्षा बढाइएको छ । सुरक्षा निकायले उक्त समाचारको सत्यता बारेमा अनुसन्धान सुरु गरेको र ताजमहल आसपास सुरक्षा कडा तुल्याइएको जनाएको छ । आइएसको समर्थन गर्दै आएको एक मिडिया ग्रुपले ताजमहललाई आइएसको सम्भावित हमलाको निशानाका रुपमा देखाइएको बताइन्छ ।

आइएस आक्रमण ताजमहल भारत

विशेष