News

बागलुङमा एक सय पाँच मतदान केन्द्र

बागलुङमा एक सय पाँच मतदान केन्द्र
चैत ५ । स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा गरी एक सय पाँच मतदान केन्द्र राख्ने निर्णय भएको समितिका संयोजक प्रजिअ भागीरथ पाण्डेयले बताए । सोअनुसार बागलुङ नगरपालिकामा २२, काठेखोला गाउँपालिकामा १०, जैमुनी नगरपालिकामा ११, बरेङ गाउँपालिकामा पाँच र गलकोट नगरपालिकामा १३ मतदान केन्द्र तोकिएको छ । यस्तै ताराखोला गाउँपालिकामा छ, बडीगाड गाउँपालिकामा १२, ढोरपाटन नगरपालिकामा ११, तमाखोला गाउँपालिका छ र निसीखोला गाउँपालिकामा सात मतदान केन्द्र रहनेछन् । मतदान केन्द्र सिफारिस समितिको बैठकले सबै पक्षलाई निर्वाचनको वातावरण बनाउनसमेत आग्रह गरेको छ ।

matadata

विशेष