विदेश

डोनाल्ड ट्रम्प चीन आउने, तयारी तिव्र

डोनाल्ड ट्रम्प चीन आउने, तयारी तिव्र
चैत्र - ५ । चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी तिव्र पारिएको छ । दुई देशका विदेश मन्त्रीले दुई देशका राष्ट्रपतिको प्रत्यक्ष भेटबार्ताका लागि पूर्वतयारी स्वरुप विभिन्न छलफल गरेका छन् । चीनका विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले शनिबार दिउसो बेईजिङमा साझा एजेण्डाका बारेमा कुराकानी गरेका छन् । वाङले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई अत्यन्त महत्वपूर्ण बनाउनेगरी तयारी गरिरहेको टिलर्सनलाई बताए । विदेश मन्त्रीका रुपमा टिलर्सनको यो पहिलो चीन भ्रमण हो । टिलर्सनले पनि दुई देशबीचको छलफल र सहकार्य निरन्तर र सुमधुर भइरहेको विश्वास व्यक्त गरे ।

विशेष