विदेश

फ्रान्समा सुरक्षाकर्मीको हतियार खोस्नेलाई गोली हानी मारियो

फ्रान्समा सुरक्षाकर्मीको हतियार खोस्नेलाई गोली हानी मारियो
चैत ६ । फ्रान्सको राजधानी प्यारिसस्थित ओर्ले विमानस्थलमा शनिबार सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारिएको छ । विमानस्थलको दक्षिणी टर्मिनलमा हतियार खोसेर भागेका उनलाई सुरक्षाकर्मीले पक्राउ गर्न खोज्दा कारबाहीमा मारिएका हुन् । घटनामा अरु कोही घाइते भएका छैनन् । घटना अत्यन्तै गम्भीर भन्दै विमास्थलका केही भाग खाली गराइएको छ । बम डिस्पोजल विज्ञहरुले सुरक्षा जाँच गरेका छन् । हतियार खोस्ने व्यक्तिको उद्देश्य थाहा हुन सकेको छैन । ओर्ले, प्यारिसको दोस्रो ठूलो विमानस्थल हो । गत महिनामात्र प्यारिसको लुभ्र संग्राहलयमा सुरक्षाकर्मीलाई एकजना व्यक्तिले चक्कु प्रहार गरेका थिए ।

France

विशेष