विदेश

भारतको उत्तर प्रदेशमा योगी

भारतको उत्तर प्रदेशमा योगी

चैत्र ६ योगी आदित्यनाथ नेपालको सीमा जोडिएको उत्तर प्रदेशको मुख्य मन्त्री बन्ने भएका छन् ।

उत्तर प्रदेशमा अन्य गठवन्धनलाई पछि पार्दै आफ्नो पक्षमा जनताको मत लिन सफल भारतीय जनता पार्टि बीजेपीले शनिबार उत्तराखण्डमा जन्मेका ४४ बर्षिय योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

उत्तरप्रदेशको उप–मुख्यमन्त्रीमा केशवप्रसाद मौर्य र डा. दिनेश शर्मा रहनेसमेत बीजेपीले घोषणा गरेको छ । नेपाल हिन्दु राष्ट्रको रुपमा रहनु पर्ने पहलकदमी गर्दै आएका योगी आदित्यनाथ अर्थात अजय सिंह भारतको शक्तिशाली प्रदेशको मुख्यमन्त्री चुनिएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रसंगै गत कात्तिक पहिलो साता वनकालीमा महायज्ञ तथा विराट हिन्दु सम्मेलनमा सहभागि हु्न नेपालमा आएर नेपाललाई हिन्दुराष्ट्र बनाउने आन्दोलनमा रहेको घोषणा समेत गरेका थिए । उनले अाज पद तथा गाेपनियताकाे सपथ  लिने छन् ।

Yogi Adityanath

विशेष