ताजा खबर News

अमेरिकी, भारतीय सेना प्रमुख र चीनिया रक्षामन्त्री नेपाल आउँदै

अमेरिकी, भारतीय सेना प्रमुख र चीनिया रक्षामन्त्री नेपाल आउँदै

चैत्र ६ । अमेरिकी सेना प्रमुख प्रमुख हृयारी बिन्क्ले हृयारिस आज नेपाल आउँदै छन् ।

तीन दिने नेपाल भ्रमणमा आउन लागेका हृयारिस प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्नेछन् । भेटमा नेपाल र अमेरिकाबीच सैन्य सहकार्य र सहयोगबारे छलफल हुने बताइएको छ ।

अमेरिकी सेना प्रमुख हृयारी नेपाली सेनाले पाँच खालमा सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने बताइएको छ । संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने छन् ।

अमेरिकी नौसेना प्रमुखको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री चङ् वानछुन नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ रक्षामन्त्री चङ् चैत १० गते । उनको भ्रमणमा चीन र नेपालबीचको रक्षा सहकार्यबारे छलफल हुने बताइएको छ ।

त्यस्तै भारतीय सेना प्रमुख विपीन रावत पनि नेपालको ३ दिने भ्रमणमा नेपाल आउने कार्यक्रम रहेको छ । उनले चैत्र १५ देखि १८ सम्म नेपालको भ्रमण गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चैत १० गते नै चीन भ्रमणमा जाँदैछन् ।

American Army Chief China Defence Minstry Indian Army Chief

विशेष