News

आइजी नियुक्तिको अन्तिम सुनुवाइ आजपनि ‘हेर्दाहेर्दै’मा

आइजी नियुक्तिको अन्तिम सुनुवाइ आजपनि ‘हेर्दाहेर्दै’मा
चैत्र–६ । प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आजपनि निश्कर्षविहीन भएको छ । मुद्दाको आजदेखि सुरु अन्तिम सुनुवाइ भोलि जारी रहनेछ । सुनुवाइका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गरेकी थिइन् । गत बिहीबार मुद्दा संयुक्त इजलासमा पेश भए पनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम जारी गर्ने न्यायाधीश समेतको इजलासमा पेसी तोकिएको भन्दै सुनुवाइ रोक्न माग गरेका थिए । महान्यायाधिवक्ता श्रेष्ठको माग अनुसार पेसी आजका लागि सारिएको थियो । तर, आज पनि अन्तरिम आदेश जारी गर्नेमध्येका एक न्यायाधीश हरिकृष्ण कार्की इजलास सदस्य तोकिएका थिए । फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेको थियो । सरकारको सिफारिस यथास्थितिमा राख्न आदेश भएकै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ आइजी नियुक्ति निश्कर्षविहीन सर्वोच्च अदालत

विशेष