News

संयुक्त अभ्यासको लागि २८ मुलुकबाट सैनिक प्रशिक्षार्थी र प्रशिक्षक नेपालमा

संयुक्त अभ्यासको लागि २८ मुलुकबाट सैनिक प्रशिक्षार्थी र प्रशिक्षक नेपालमा

चैत्र–६ । नेपालमा तेस्रो पटक बहुराष्ट्रिय ‘शान्ति प्रयास–३’ प्रशिक्षण नेपालमा सोमबारबाट सुरु हुँदैछ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गर्दा सहज होस् भन्ने हेतुले आयोजना गरिने बहुराष्ट्रिय शान्ति प्रयास नेपाली सेनाले तेस्रो पटक आयोजना गर्न लागेको हो । काभ्रेको पाँचखालस्थित वीरेन्द्र प्रशिक्षण केन्द्रमा हुने उक्त प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुने छन् । तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यका लागि मिशन ईलाकामा तैनाथ हुन’ पुर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउने रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपालमा सन् २००० मा सुरु भएपछि बंगलादेश, इन्डोनेसिया, थाइल्याण्ड, श्रीलंकालगायतका मुलुकहरुले हरेक वर्ष विभिन्न नाममा यस्तै खाले प्रशिक्षण गर्ने गर्छन् । प्रशिक्षणमा नेपालसहित बंगलादेश, कम्बोडिया, मलेसिया, श्रीलंका, इन्डोनेसिया, पाकिस्तान, मेक्सिको, उरुग्वे, मंगोलिया, फिलिपिन्स, भियतनाम, रुवान्डा, जोर्डन, फिजी, घाना, काजकिस्तान, बोस्निया हर्गोज्निया र पाराग्वे छन् । साथै अस्ट्रेलिया, क्यानाडा, जापान, न्यूजिल्याण्ड, बेलायत, दक्षिण कोरिया र अमेरिकी सैनिक समेत प्रशिक्षणमा सहभागी छन् । उक्त प्रशिक्षण चैत्र ७ गतेदेखि २१ गतेसम्म चल्ने छ ।

नेपाल वीरेन्द्र प्रशिक्षण केन्द्र शान्ति प्रयास संयुक्त अभ्यास

विशेष