आईजीपी नियुक्तिविरुद्धको बहस सकियो, फैसला भोलि आउने


चैत्र–७ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । अदालतको पूर्ण इजलाशमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले आईजीपी नियुक्तिबारे भोलि (मंगलबार) मात्र अन्तिम फैसला सुनाउने भएको छ । आइजीपी नियुक्तिमाथि परेको रिटमा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेका थिए । सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआईजी नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएको हो । अन्तिम फैसला आईजीपी नियुक्ति रिट सर्वोच्च अदालत