News

जनक शिक्षामा मतपत्र छपाइ सुरु

जनक शिक्षामा मतपत्र छपाइ सुरु
चैत्र–७ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुर सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य सुरु भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी दिए । आयोगले निर्वाचनका लागि सातवटा पद रहने गरी करिब एक करोड ६० लाख मतपत्र आगमी ३५ देखि ४० दिनभित्र छाप्ने जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रले एक सय ४५ कर्मचारी खटाएको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपर्ने तिमल्सिनाको भनाइ छ । रासस

छपाइ कार्य जनक शिक्षा मतपत्र स्थानीय तहको निर्वाचन

विशेष