News

पत्रकार महासङ्घको ताला खुल्यो

पत्रकार महासङ्घको ताला खुल्यो
चैत्र–७ । क्रान्तिकारी पत्रकार महासङ्घ र नेपाल पत्रकार महासङ्घबीच तीनबुँदे सहमति भएपछि महासङ्घको केन्द्रीय कार्यालयमा लगाइएको ताला साेमबार ११ दिनपछि खुलेको छ । क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण तथा फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टाभर्ना विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने दुई पक्षबीच सहमति भएपछि ताला खोलिएको क्रान्तिकारीका अध्यक्ष इन्द्र राउतले जानकारी दिए । पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारीले गत फागुन २७ गते पत्रकार महासङ्घ केन्द्रमा ताला लगाएको थियो । पत्रकार महासङ्घले गैरपत्रकारलाई सदस्यता वितरण गरिएको, वर्षौं देखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखिएको र फर्जी सदस्यता बाँडिएको र विधान विपरीत सदस्यता स्थानान्तरण गरेको जनाउँदै क्रान्तिकारीले तालाबन्दी गरेको थियो । वार्तामा पत्रकार महासङ्घका तर्फबाट अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगर, सचिव ध्रुव लम्साल, धर्मेन्द्र कर्ण, सङ्गीता खड्का तथा क्रान्तिकारीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पङ्गेनी, महासचिव केशरमणि कटुवाल तथा सल्लाहकार रामचन्द्र हुमागाईं सहभागी रहेको थियो । रासस

केन्द्रीय कार्यालय ताला पत्रकार महासङ्घ

विशेष