विदेश

'एक चीन' नीतिविरुद्ध नजान भारतलाई चीनको चेतावनी

'एक चीन' नीतिविरुद्ध नजान भारतलाई चीनको चेतावनी
चैत्र ८ । भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले चर्को असन्तुष्टि व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले दुई पक्षीय सम्बन्ध नबिगार्ने भए चनिको मुख्य चासो विरुद्ध नजान भारतलाई चेतावनी दिइन् । ‘केही समयता भारतले चीनको चासोविरुद्ध गएर दलाई लामालाई बौद्ध सम्मेलनमा निम्त्याएको छ’, बेइजिङमा प्रवक्ता हुवाले पत्रकारहरुसँग भनिन् । बौद्ध सम्मेलन भारतीय सरकारले आयोजना गरेको थियो । ‘भारत सरकारको निर्णयप्रति चीन असन्तुष्ट छ र यसको कडा प्रतिवाद गर्दछ’, उनले भनिन् । ‘हामी भारतलाई चीनको मुख्य चासोको सम्मान गर्न र दुई देशको सम्बन्ध बिगार्नेतर्फ कदम नचाल्न आग्रह गछौं’, उनले भनिन् । शुक्रबार बिहारमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन दलाई लामाले गरेका थिए । उक्त सम्मेलनको क्रममा भएको सेमिनारमा कयौं देशका बौद्ध भिक्षु र अध्येताहरुको सहभागिता छ । एक महिना अघि पनि भारतले दलाई लामाले अरुणाञ्चल प्रदेशको भ्रमण गर्न दिएको बिषयमा चीनले असन्तुष्टि व्यक्त गरेको थियो । अरुणाञ्चल तिब्बतसँग नजिक छ । कान्तिपुर

विशेष