इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु

चैत ८ । इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् ।
Iraq