विदेश

मोदी भन्दा अगाडि योगी आदित्यनाथ

मोदी भन्दा अगाडि योगी आदित्यनाथ

चैत्र ८ । भारतका प्रधानमन्त्री भन्दा अघि भर्खरै मात्र सपथ लिएका उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ अगाडि देखिएका छन् ।

योगी आदित्यनाथ प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अगाडि अरु केही विषयमा नभएर गुगल खोजीमा अगाडि देखिएका हुन् । भारतीय दैनिक पत्रिका ’अमर उजाला’ ले योगी आदित्यनाथका बारेमा आइतबार भएको इन्टरनेट खोजीलाई उद्धृत गर्दै मुख्यमन्त्रीको शपथ लिनासाथ गुगलको सर्च इन्जिनमा प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा पनि मुख्यमन्त्री योगी अगाडि देखिएको समाचार प्रस्तुत गरेको छ ।

१८ मार्चमा गुगलको सर्च तथ्यांकमा ब्रेकआउट भएको बताइएको छ । उक्त दिन १०० मा ९८ गुगल प्रयोगकर्ताले योगीका बारेमा खोजी गरिरहेका थिए भने केबल दुई प्रयोगकर्तालेमात्र मोदीका बारेमा खोजी गर्दै थिए ।

यो अन्तर १९ मार्चको बिहानसम्म पनि कायम रहेको समाचारमा बताइएको छ । सोमबार पनि गुगलको १०० स्केलमा मोदीका बारे केवल एउटा खोजी देखिन्छ भने योगीका लागि १४ सर्च रहेका छन् ।

Yogi Adityanath

विशेष