विदेश

अयोध्याको धार्मिक विवाद अदालत बाहिर मिलाउन सर्वोच्चको आग्रह

अयोध्याको धार्मिक विवाद अदालत बाहिर मिलाउन सर्वोच्चको आग्रह

चैत - ८ । भारतको सर्वोच्च अदालतले अयोध्यामा मस्जीद रहेको ठाउँमा रामको मन्दीर बनाउने प्रस्तावमा भइरहेको विवाद अदालतभन्दा बाहिरबाट मिलाउन आग्रह गरेको छ । मस्जीदको ठाउमा मन्दीर बनाउने विषय निकै संवेदनशिल र भावनात्मक विषय भएको भन्दै अदालतले अदालती प्रक्रियाबाट नभई आपसी छलफल र बार्ताबाट समाधान निकाल्न मङ्गलबार आग्रह गरेको हो । “यो एउटा संवेदनशील र धार्मिक विषय हो, पहिला दुवै पक्ष सँगसँगै बस्नुस् अनि समस्याको समाधान निकाल्नुस्, छलफलबाट समाधान अवश्य निस्कने छ,” अदालतले भनेको छ । हिन्दु धर्माबलम्वीका देवता मानिने रामको राज्यको रुपमा लिइने अयोध्यामा रहेको रामको मन्दीर रहेको ठाउँमा मस्जीद बनाएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । मन्दीर बनाउने की मस्जीद बनाउने भन्ने विवादले उग्ररुप लिदा धेरैको ज्यान गएको थियो । सिन्ह्वा

विशेष