News

सर्वोच्चद्वारा चन्दलार्इ अाइजीपी बनाउने निर्णय खारेज

सर्वोच्चद्वारा चन्दलार्इ अाइजीपी बनाउने निर्णय खारेज
चैत्र - ८ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय खारेज गरिदिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले चन्दको मुद्दामा सुनुवाई गर्दै मंगलबार साँझ उनलाई प्रहरीको महानिरीक्षक बनाउने सरकारी निर्णय खारेज गरेको हो। प्रहरी नियमावलीको नियम ४१ अनुसार नयाँ महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको हो । नयाँ महानिरीक्षक नियुक्त गर्न समेत सर्वोच्चले परमादेश जारी गरेको छ । फागुन १ गते बसेको मन्त्रिपरिषदको बैठकले बरियतामा तेस्रो नम्बरमा रहेका चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

Jay Bahadru Chanda

विशेष