News

कर्मचारी सरुवाप्रति सङ्गठनको आपत्ति

कर्मचारी सरुवाप्रति सङ्गठनको आपत्ति
चैत्र - ८ । नेपाल निजामती कर्मचारी सङ्गठन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिले स्थानीय तहमा कर्मचारी सरुवा गरेको प्रति आपत्ति जनाएको छ। समितिका अध्यक्ष दिलबहादुर पौडेलले आज विज्ञप्ति प्रकाशित गरी पूर्वाग्राही तरिकाले बिनामापदण्ड मन्त्रालयले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्। निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएपनि मन्त्रालयले जथाभावी सरुवा गरेको उनले बताए। विज्ञप्तिमा देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा जथाभावी सरुवा गरेर आत्मबल कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ । मन्त्रालयले ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत पदका लागि कर्मचारी सरुवा गरेको थियो ।

विशेष