विदेश

विमान चालकले ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय

विमान चालकले ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय
चैत ९ । क्यानडामा स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ । उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो । ग्रोइन्चले उडाउनु पर्ने विमानमा सय भन्दा बढी यात्रु सवार थिए । उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पायलटले विमान मेक्सिकोका लागि उडाएका थिए । अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै परिवारले पनि आफ्नो गल्तीका लागि सजाय दिने बताएका छन् । ३७ वर्षिय ग्रोइन्चलाई कम्तिमा एक वर्षको जेल सजाय हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।

Slovakia Pailot

विशेष