नाकाबन्दीमा पेट्रोलपम्पमा चिप्स जोडेर ठगी गर्ने सहसचिव रामाधार साहलाई सचिव बनाउन देउवा कस्सिए
चैत–९ । खराबका खातिर सिंहदरबारमा कति खसखस छ भने, सुन्दा पनि लाजै मर्नु । भारतीय नाकाबन्दीताका पेट्रोल पम्पहरुमा रिमोट चलाएर ठग्ने चिप्स जान गरी मिलेमतोमा धन्दा चलाएको कुसुरमा सहसचिव रामाधार साह प्रहरीद्वारा पक्राउ गरिएका बद्नाम पात्र हुन् । गुणस्तर तथा नापतौल विभागको महादिर्नेशक छँदा ०७२ को २७ मंसिरमा गौशालाबाट पक्रउा परेका थिए । पक्राउ गर्ने सर्वेन्द्र खनाल अहिले प्रहरी प्रवक्ता छन् । प्राविधिक सेवा अन्तर्गत जागिर खाएका यिनलाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रशासनतर्फ ल्याएर सचिव बनाउन प्रचण्ड र मुख्य सचिवमाथि चर्को दबाब दिइरहेका छन् । यस्तो खेलबाट नेपालको कर्मचारीतन्त्रमा नयाँ तर्कको सिर्जना भएको छ । एक त उनलाई पुरानो कसुरबाट पूर्णतः सफाइ दिनुछ । यता आफ्नो समूहमा प्रतिस्पर्धी धरै हुने भएकोले यता नानेर बढुवा खुवाउनुछ । –जनआस्था साप्ताहिकबाट