News

पानीमा राजनीति नगराैँ

पानीमा राजनीति नगराैँ
चैत्र - ९ । नेपाली काँग्रेसका सांसद् अमरसिंह पुनले पानीमा राजनीति नगर्न आग्रह गरिएको छ । पच्चीसौं विश्व पानी दिवसका अवसरमा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति रोल्पाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जिल्लामा पानीको स्रोत धेरै भए पनि एक गाउँले अर्को गाउँलाई, एक व्यक्तिले अर्को व्यक्तिलाई दिन नमान्ने प्रवृत्तिले पानीको पहुँचबाट मानिसहरू टाढा हुने गरेको बताए । सांसद् पुनले अब बन्ने पानीका योजनाहरूमार्फत पानीका ट्याङ्की तथा मुहानमा पानी शुद्धीकरणका लागि मेसिनहरू राख्नुपर्ने तथा पानीको शुद्धीकरणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै पानीको सही सदुपयोग गर्नुपर्ने सुझाव दिए । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला अधिकृत भोलानाथ आचार्य, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलगयात विभिन्न राजनीतिक दलका प्रतिनिधिले पानी शुद्धीकरणकका विविध पक्षमाथि प्रकाश पारे ।

विशेष