News

एसईई परीक्षा केन्द्रमै छोरा जन्मियो

एसईई परीक्षा केन्द्रमै छोरा जन्मियो
चैत्र–९ । जाजरकाेटकाे वीरेन्द्रऐश्वर्य माध्यामिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा माध्यामिक शिक्षा परीक्षा (एसईई )परीक्षा दिदा दिदै एक छात्राले छोरा जन्माएकी छन् । वारेकोट गाँउपालिका ७ सुवाकोटकी १६ बर्षिया निरुता सिहले बुधवार स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा दिदा दिदै छोरा जन्माएकी हुन् । परीक्षा दिदा, दिदै सुत्केरी बेथाले च्यापेपछि नजिकै रहेको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्स्थ्यकर्मीको सहयोगमा बच्चा जन्मेको केही समय पछि कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीलाई सहयोगी राखेर उनले परीक्षा दिएको केन्द्राध्यक्ष गोरखबहादुर सिहले बताए । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कुशे गाँउपालिका १ टालेगाँउ काफलपाटाकी १६ बर्षिया कमलाकुमारी बस्नेतले मंगलवार खुर्पा परीक्षा केन्द्रमा सामाजिक परीक्षा दिदा दिदै छोरा जन्माएकी थिईन । यस पटक परीक्षा केन्द्रमै दुई जना छात्रा सुत्केरी भएका छन् । उमेर नपुग्दै विहे गर्ने कुरा जाजरकोटमा परम्परा जस्तै भएको छ । जिल्लामा १९ बर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाले विहे गर्ने गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । सानै उमेरमा विहे गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुका साथै पठनपाठनमा समेत बाधा पुग्ने देखिन्छ । तर, पनि बालविवाह गर्नेको संख्या जिल्लामा दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहको भनाई छ ।

एसईई परीक्षा जाजरकाेट

विशेष