विदेश

बेलायतकाे संसद भवनमा आतंकारी हमला ५ को मृत्यु ४० घाइते

बेलायतकाे संसद भवनमा  आतंकारी हमला ५ को मृत्यु ४० घाइते
चैत १० । बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण गरिएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन् । मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर पुलमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कूले आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी अधिकारी रहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको परिचय खुलाइएको छैन । प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गर्दै राजधानीको मूख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र त्यसलाई कहिल्यै सफल हुन नदिने बताएका छन् । लण्डनसहितका शहरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने आतंककारीविरुद्ध कारवाही अभियान चलिरहेको छ ।

Uk Attact

विशेष