भारतलाई वार्तामा बस्न पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव
चैत्र–१० । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।
पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामावादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले कस्मिरमा भइरहेको विवादसहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन् ।
उनले गैरजिम्मेवार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताए । यसअघि, सन् २००३ मा दुबै देशले युद्धविराम गरेका थिए । संयुक्त राष्ट्रसंघको समन्वयमा वार्तामार्फत् कस्मिर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौं’–उनले भने ।
‘कस्मिरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कूटनीतिक हिसाबले सहयोग गर्न सधैं तयार छौं’–उनले थपे ।
भारत बेलायती उपनिवेशबाट मुक्त भएकोबेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीनओटा युद्ध भएका छन् । तीमध्ये दुईओटा युद्ध कस्मिरसँग नै सम्बन्धित छ । उनले भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तरर्राष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।
पाकिस्तान कुनैपनि देशकाविरुद्धमा आक्रोशित नभएको दाबी गर्दै उनले क्षेत्रीय शान्ति र समृद्धिका लागि पाकिस्तानले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने स्पस्ट पारे ।
राष्ट्रपति हुसेनले पाकिस्तानले आफूलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि बताए । रासस/सिन्ह्वा
पाकिस्तान
भारत
मम्नुन हुसेन
वार्ता