News

शानदार बन्दैछ हाम्रो धरहरा

शानदार बन्दैछ हाम्रो धरहरा
चैत्र–१२ । निर्माण अभियान थालेको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । धरहराको उचाई २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ । कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ डिजाइन’ तयार गरेको हो । कस्ट इस्टिमेट तथा ड्रइङ डिजाइन बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ । जेबीले पुरातत्व विभागलाई नक्सा बुझाइसकेको छ । कम्पनीले ५९ लाख ९० हजार रुपैयाँमा नक्सा तयार पारेको हो । –नयाँ पत्रिकाबाट

कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबी धरहरा नक्सा

विशेष