विदेश

ओबामा केयरविरुद्ध ट्रम्पको विधेयकमा रिपब्लिककै सांसद विपक्षी, विधेयक फिर्ता

ओबामा केयरविरुद्ध ट्रम्पको विधेयकमा रिपब्लिककै सांसद विपक्षी, विधेयक फिर्ता
चैत्र–१२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाकेयरको स्थानमा ल्याएको नयाँ स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिनुपरेको छ । नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक समर्थन जुटाउन नसक्दा मतदान अघिनै विधेयक फिर्ता लिइएको हो । रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण राष्ट्रपति ट्रम्पले विधेयक फिर्ता लिनु परेको हो । यो ट्रम्पलाई सत्ता सम्हालेदेखि लागेको सबै भन्दा ठूलो झड्का हो । सदनमा रिपब्लिकन पार्टीको स्पष्ट २३७ मत छ । तर झण्डै ३५ जना सांसद विधेयकको विपक्षमा देखिएपछि ट्रम्प अप्ठेरोमा परेका हुन् । यसअघि यात्रा प्रतिबन्ध सम्बन्धी पहिलो कार्यकारी आदेश अदालतले कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प समस्यामा परेका थिए । त्यसपछि ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ ।

ओबामा केयर डोनाल्ड ट्रम्प स्वास्थ्य सम्बन्धी विधेयक

विशेष