विदेश

अमेरिकी हमलामा २०० जना मारिएकाे संयुक्त राष्ट्रकाे अाशंका

अमेरिकी हमलामा २०० जना मारिएकाे संयुक्त राष्ट्रकाे अाशंका
चैत्र–१२ । संयुक्त राष्ट्र संघले इराकी शहर मसूलमा अत्यधिक मात्रामा नागरिक हताहत भएको रिपोर्टमा चिन्ता व्यक्त गरेको छ । एक रिपोर्ट अनुसार अमेरिकी सहयोगीको नेतृत्व भएको हवाई हमलामा कम्तीमा पनि २ सय जना मारिएका छन् । इराकमा एक वरिष्ठ अधिकारीले यति ठूलो संख्यामा भइरहेको मृत्युमा आफू निकै चिन्तित भएको उनले बताएका छन् । इराकी सैनिक मसूललाई इस्लामिक स्टेटको कब्जाबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ । पश्चिमी मसुलमा भएका पत्रकारहरुका अनुसार उनीहरुले एक बिल्डिङबाट ५० शवलाई निकालिरहेको देखेका छन् । यहाँ मार्च महिनाको सुरुवातमा हवाई हमला भएको थियो । इराकी सुरक्षा बलको तर्फबाट मसूललाई आफ्नो कब्जामा फिर्ता ल्याउनका लागि एक महिनादेखि आक्रामक हमला गरिँदै आएको छ । मूसलमा आइएसको बलियो पकड छ । यो शहर सन् २०१४ देखि इस्लामिक स्टेटको कब्जामा छ । मूसलबाट भाग्न सफल भएका मानिसहरुका अनुसार बिद्रोहीले सर्वसाधारणलाई ढालको रुपमा प्रयोग गरिरहेका छन् । अमेरिकी अधिकारीका अनुसार मसूलमा इस्लामिक स्टेटका करिब दुई हजार लडाकु छन् ।

अमेरिकी हमला मसूल संयुक्त राष्ट्र संघ

विशेष