बलात्कृत महिला नचिच्याएकाले बलात्कार सावित नहुने अदालतको फैसला !

इटलीमा बलात्कार सम्बन्धी मुद्दामा एक आश्चर्यजनक फैसला सुनाइएको छ । इटलीको एक अदालतले पीडित महिलाले गुहार मागेर नचिच्याएकाले बलात्कार सावित नहुने भन्दै आरोपीलाई सफाई दिएको छ ।
यद्यपी उक्त फैसलाप्रति चित्त नबुझेको भन्दै इटलीका न्यायमन्त्री आन्द्रे ओर्लादोले उक्त फैसलामाथि नै छानविन गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
इटालियन समाचार एजेन्सी एन्साको रिपोर्टमा भनिएको छ, ‘तुरिनमा एक अदालतले अघिल्लो महिना फैसला सुनाएको थियो । फैसलामा महिलाले बलात्कारको समयमा ‘इनफ’ अति भयो मात्र भन्नु कमजोर प्रतिक्रिया भएको ठहर गरिएको छ ।
फैसलामा भनिएको छ, ‘महिलाले गुहार माग्दै चिच्याउनुपर्ने थियो जुन उनले गरिनन् । त्यसैले यो घटना बलात्कार सावित हुन सक्दैन ।’
विभिन्न महिला अधिकारकर्मीहरुले अदालतको उक्त फैसलाप्रति आपत्ति जनाएका छन् । फोर्जा इटालिया पार्टीकी सांसद अन्नाग्रेजिया कलाब्रियाले फैसलाको भत्र्सना गरेकी छन् ।
–एजेन्सी
अदालत
इटली
बलात्कार
मुद्दा