विदेश

चीनः सुनखानी दुर्घटनामा १० को मृत्यु

चीनः सुनखानी दुर्घटनामा १० को मृत्यु
चैत - १२ । चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् । पुरिएको ठाउँबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन् । त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये चार जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

China

विशेष