विदेश

सुरक्षाकर्मीको हवाई आक्रमणमा १३० बढी सर्वसाधरणको मृत्यु

सुरक्षाकर्मीको हवाई आक्रमणमा १३० बढी सर्वसाधरणको मृत्यु

चैत्र १३ । उत्तरी इराकको इस्लामिक स्टेट आईएस जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् ।

सेनाको हवाई आक्रमणमा मोसुल सहरमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताए । उनले सहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृत शरीर फसेको पुष्टि गरे ।

यसैगरी प्रान्तीय गभर्नर नाफल हमादीले आतङ्कवादी विरुद्धको सुरक्षा कारबाहीमा केही दिनयता १३० जनाभन्दा बढी सार्वसाधारणको मृत्यु भएको बताए ।

इराकी नाइनमेह प्रान्तको राजधानी मोसुलमा भएका हताहतीबारे स्वतन्त्र रुपमा पुष्टि गर्ने वातावरण भने अझै छैन ।

तर संयुक्त राष्ट्रसङ्घले मोुरलमा भएका हालैका हवाई कारवाहीमा मत्यु हुनेको संख्या योभन्दा निकै धेरै भएको जनाएको छ। राष्ट्रसङ्घले सेनाको सुरक्षा कारबाहीमा करिब ३०० मानिसको मृत्यु भएका तथ्याङ्क आफुले प्राप्त गरेको जनाएको छ।

Iraq

विशेष