विदेश

योगी आदित्यनाथले मानसरोवर जाने यात्रुलाई १ लाख भारु सहयोग दिने

योगी आदित्यनाथले मानसरोवर जाने यात्रुलाई १ लाख भारु सहयोग दिने

चैत्र १३ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मनसरोवर दर्शनमा जानेहरुका लागि १ लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

उत्तर प्रदेश राज्य सरकारले यसअघि मनसरोवर जाने दर्शनार्थीहरुका लागि ५० हजार भारु सहयोग उपलब्ध गराउँदै आएको थियो । दर्शनार्थीहरुको सुविधालाई ध्यानमा राखेर उत्तर प्रदेश राज्य सरकारले दिल्ली वा अन्य कुनै स्थान नजिक मानसरोवर भवन निर्माण गर्ने समेत उनले बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा भएको बैठकमा आदित्यनाथले यो सहायताले कैलाश मानसरोवर दर्शन गर्नका लागि भक्तजनहरुलाई उत्साह थप्ने बताए ।

यसअघि अखिलेश यादव मुख्यमन्त्री छदाँ २५ हजार भारुबाट सहयोग बढाएर ५० हजार भारु र्पुयाएका थिए। यो सहयोग लिनका यूपी राज्यका भक्तजनहरुले मात्रै पाउनेछन् । कैलाश मानसरोवर यात्राका क्रममा झन्डै २ लाख ५० हजार भारु खर्च हुन्छ । त्यसैले धेरै भक्तजनहरुले चाहना हुँदा हुँदै पनि यात्रामा जान सक्दैनन् ।

Yogi Adityanath

विशेष