News

भारतीय राजदूत पुरीले ओहोदाको प्रमाणपत्र बुझाए

भारतीय राजदूत पुरीले ओहोदाको प्रमाणपत्र बुझाए
चैत्र–१३ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । १२ चैतमा काठमाडौं आएका पुरीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त समारोहमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राजदूत सिंहले भोली सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । त्यस्तै आइतबारै नेपालका लागि दक्षिण अफ्रिकाकी गैर आवासीय राजदूत रोविना पाट्रिसिया मार्क्सले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

ओहोदा प्रमाणपत्र भारतीय राजदूत मञ्जिभसिंह पुरी

विशेष