विदेश
अमेरिकाको नाइटक्लबमा भएको गोली प्रहारमा एकको मृत्यु, चौध घाइते
आइतबार, १३ चैत २०७३ गते प्रकाशित

चैत्र–१३ । अमेरिकाको ओहायोको सिनसिनाटीमा भएको एक हमलामा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
सिनसिनाटीको एक नाइट क्लबमा गोली प्रहार भएको थियो र आक्रमणमा कम्तीमा दुई बन्दुकधारी संलग्न भएको सिनसिनाटी प्रहरीले जनाएको छ ।
सहायक प्रहरी प्रमुख पल निडिगेटले गोली प्रहारको घटना आतंकवादसँग सम्बन्धित नभएको बताएका छन् । तर उक्त हमलाको उद्देश्य के हो भन्ने बारे अझै प्रष्ट भइनसकेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार राती १ बजे गोली प्रहार हुँदा नाइट क्लबमा करिब एक सय मानिस उपस्थित थिए ।
अमेरिका
नाइटक्लब
हमला