रुसमा विपक्षी नेता सहित ५ सय पक्राउ

चैत १४ । रुसका विपक्षी नेता एलेक्से नाभाल्नीसहित पाँच सय जना पक्राउ परेका छन् ।
भ्रष्टाचार विरुद्ध राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता नाभाल्नीसहितलाई प्रहरीले पक्राउ गरेको हो । नाभाल्नीले रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन् ।
सत्तामा रहेका व्यक्तिहरु भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै आएका छन् । मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् ।
उनले आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलनमा सक्रिय सहभागी हुन समर्थकहरुलाई अपील गरेका छन् ।
Russia
