राजनीति विदेश

निर्वाचन हारको विधामा राहुल गान्धीको वल्ड रेकर्ड

निर्वाचन हारको विधामा राहुल गान्धीको वल्ड रेकर्ड

चैत १४ । भारतीय कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धीलाई देशभरका २७ ओटा निर्वाचनमा पराजित भएको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन भारतीय नागरिकले उनको नाम प्रस्ताव गरेका छन् ।

मध्यप्रदेश, होसंगवादका इन्जिनियरिङका विद्यार्थी विशाल दिवानले धेरै ठाउँबाट चुनाव हारेका कारण राहुल गान्धीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन प्रस्ताव गरेका हुन् ।

राहुलले ‘राजनीतिमा अँध्यारो समयको सामना गर्नुपरेकोले उनी छायाँपरेको’ भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए राहुलले विश्व कीर्तिमान कायम गर्नसक्ने भएकोले आफूले त्यसो गरेको उनले बताएका छन् ।

विशालले राहुलको नाम लेखाइदिन गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमासमेत पत्राचार गरिसकेका छन् । विशालले विगत पाँच वर्षयता राहुलले गरेको निर्वाचन प्रचार–प्रसार र मिडियाबाजीकै कारण २७ ओटा निर्वाचनमा हार व्यहोर्नुपरेको बताएका छन् । उनले भनेका छन–‘वास्तविकता के हो भने हारको परिणामले उनको विश्व कीर्तिमान कायम गर्न भने योग्यता पुगेको छ ।’

विशालले गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा राहुलको नोमिनेसनमा लाग्ने शुल्कसहित पत्राचार गरेको र नोमिनेसनको ‘भेरिफिकेसन’ नम्बरसमेत पाइसकेको बताएका छन् ।

तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयले यसबारे केहि बताउन नचाहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Rahul Ghandi

विशेष