विदेश

अाठ महिनाअघि अपहरणमा परेका तीन मलेसियाली नागरिक मुक्त

अाठ महिनाअघि अपहरणमा परेका तीन मलेसियाली नागरिक मुक्त
चैत्र - १४ । करिब आठ महिना अगाडि फिलिपिन्समा अपहरणमा परेका ती मलेसियाली दक्षिणी फिलिपिन्सको युद्धग्रस्त क्षेत्रमा सुरक्षित फेला परेका सैनिक स्रोतले जानकारी दिएको छ । ती नाविकहरुलाई मुस्लीम अतिवादीहरु समूह अबु सयाफले करिब आठ महिना अगाडि अपहरण गरेका थिए । फिलिपिन्स सैनिकले आइतबार बेलुका जोलो द्वीपको पहाडी इलाकामा ती तीन नाविकलाई फेला पारेको बताइएको छ । नाविकहरुलाई अबु सायफ आतङ्ककारीहरुले अपहरण गरेको सैनिक जनरल इदुआद्रो आनोले बताएका छन् । अबु सयाफ आतङ्ककारी समूहले स्वदेशी र विदेशीलाई बारम्बार अपहरण गर्दै आएको पाइन्छ । जनरल आनोका अनुसार अबु सयाफले अझै पनि जोलो द्वीपमा सात फिलिपिनो र कम्तीमा २० विदेश नागरिकलाई अपहरण गरेका छन् । विदेशी नागरिकमा इन्डोनेसियाली, भियतनामी र डच नागरिक रहेका छन् ।

kidnap

विशेष